कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्तावसहित ४२ जनाको हस्ताक्षर बुझाइयो

लोकप्रिय

बुटवल- लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका दाबेदार कुलप्रसाद केसीको समर्थनमा ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष हस्ताक्षर बुझाएका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै चार दलीय गठबन्धनका सांसदहरुले हस्ताक्षर बुझाएका हुन् ।

यसअघि बहुमतको दाबी गर्दै गतेका यही साउन १८ गतेका दिन ४१ सांसदले हस्ताक्षर बुझाएकोमा आज एकजना हृदयश त्रिपाठी समूहका सांसद अजय शाहीसमेत थपिएर ४२ जना पुगेका हुन् । ८० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ४१ सांसदको समर्थन भए पुग्छ । यस आधारमा लुम्बिनी प्रदेशसभामा हाल कायम एमालेबाहेक गठबन्धन दलका सांसदहरुको तर्फबाट प्रस्तावित मुख्यमन्त्री केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ ।

हाल प्रस्तावित मुख्यमन्त्री केसीका पक्षमा माओवादी केन्द्रका १९ सांसद छन् भने कांग्रेसका १८ र जसपाका ३ जना रहेका छन् । यसैगरी जनमोर्चाका १ जना र सूर्य चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित हृदयेश त्रिपाठी समूहका १ जना रहेका छन् ।

बहुमत देखिएकाले प्रदेश प्रमुख शेरचनले आजै केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी थालिएको बताइएको छ । समभवतः आजै केसीले मुख्यमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुर्गा प्रसाईको ८ करोडको ‘वन पिस’गाडीमा ओली सयर

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका...

छुटाउनुभयो कि?