ठगीको आरोपमा शिल्पा र उनकी आमासँग सोधपुछ

लोकप्रिय

मुम्बई- आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगीको मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको नाम मुछिएको छ ।

लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई पक्राउ गरेको छ भने मुम्बई प्रहरी सोधपुछका लागि उनीहरूको घर पुगेको छ ।

भारतीय मिडियाका अनुसार शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ । शिल्पा र उनकी आमाले यसको शाखा खोल्ने नाममा दुईजनासँग करोडौँ रुपैया लिए, तर शाखा खोलेनन् ।

उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको यसमा कुनै हात नरहेको बताएकी छन् । उनका अनुसार शिल्पा र सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए । यो कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै उनले यसबारे भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन् ।

पति राज कुन्द्रालाई अश्लील भिडियो निर्माण र प्रसारणमा गएको जुलाई १९ तारिखमा पक्राउ गरिएदेखि अभिनेत्री शिल्पा पनि कुनै न कुनै विवादमा फसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी...

छुटाउनुभयो कि?