अमेरिकामा आफनै स्टोरमा महासेठको हत्या यसरी भयो

लोकप्रिय

ग्रेासरी स्टेारमा नेपाली व्यवसाय हत्या

अमेरिका– पत्नी सुनिता शाहले राती ८.४५ बजे खाना खानका लागी श्रीमान (लालकिशोर महासेठ) लाई फोन गरिन । बोलेको दुई मिनेट पनि नहुदै फोन काटियो । ग्राहक आएका होला भनेर उनले फेरि फोन गरिनन । ग्रोसरी स्टोर घरदेखि झण्डै पाच मिनेटको दुरीमा छ । ढिलोसम्म पनि कुने प्रतिकृया नआएपछि पत्नी सुनिताले फेरि श्रीमान लालकिशोरलाई रातको ९.३० बजे फोन लगाइन । तर फोन उठेन ।

रमाइलोका लागी तास खेल्न जाने कुरा थियो , श्रीमान उतै गए होलान भन्ने सोचिन ।

सोही स्टोरमा काम गर्ने एक नेपाली युवा राती १०.३० बजे लालकिशोरको घर पुगे । स्टोरमा चोरी भएको कुरा सुनाए । स्टोर पुग्दा प्रहरीले सिल गरिसकेको थियो । स्टोर भित्र छातीमा गोली लागेका लालकिशोरलाई अस्पताल पुराइए लगत्तै राती ११ बजे मृत घोषित गरिएको प्रहरीलाई उद्धृत गदै परिवारजनले बताएका छन् ।

अमेरिकाको म्यासाच्युसेटस राज्यको फल्स रिभरको आफनै ग्रोसरी स्टोरमा ५४ वर्षिय लालकिशोर महासेठको गएको सोमबार राती अज्ञात व्यक्तिको गोली प्रहारबाट ज्यान गएको युएनेपालपोस्टले जनाएको छ । उक्त क्षेत्रमा चोरीका घटना बढेपछि साझ सात बजेपछि नै त्यहाका स्टोरहरु बन्द हुन्थे । केवल आलाराम सिस्टम मार्फत भित्रबाट मात्रै मान्छे हेरेर ढाको खोलिन्थ्यो ।

यस अघि कहिल्यै स्टोरमा नबस्ने लालकिशोर काम गर्ने कामदार नआएपछि उनी त्यो दिन स्टोर गएका रहेछन् । यस अघि पनि सोही स्थानमा एक पाकिस्तानी व्यवसायको स्टोरमा लुटपाटको घटना भएपछि साझ सात बजेपछि स्टोर भित्रबाट चुकुल लगाएर मान्छे हेरेर खोल्ने नियम बनाइएको थियो । उक्त दिन पनि एक ग्राहकले छातीमा गोली लागेर भुईमा ढलेका लालकिशोरको शब देखेपछि ९११ मा कल गरेर प्रहरीलाई खबर गरेका थिए । महासेठको घटनास्थलमै मुत्यु भएको थियो ।

श्रीमानको हत्या भएपछि पत्नी सुनिता सहित दुई छोरा र एक छोरी अहिले विछिप्त बनेका छन् । एक छोरा इन्जिनियर र अर्को छोरा हाइस्कुल पढदै छन् भने छोरी नर्सिङ पढीरहेकी छिन् । १५ वर्ष भन्दा अघि डिभी परेर अमेरिका आएको महासेठको परिवारले निकै सघर्ष गरेर व्यवसाय थालेको थियो । १३ वटा स्टोर सम्म बनाएका उनले पछि छोराछोरी हुर्कैर केहीले जागीर खाना थालेपछि स्टोरहरु विक्री गरेर तीन वटा मात्रै संचालन गदै आएका थिए, घटनापछि महासेठको घरमा शान्तवना दिन पुगेका मधेशी एशोसिएसनका अध्यक्ष सत्येन्द्र शाहले युएसनेपाल पोष्टलाई सुनाए ।

धनुषाको महेन्द्रनगर स्थायी घर भएका महासेठ उक्त क्षेत्रमा सबैका प्रिय समेत थिए । उनी नेपाली समुदायमा पर्ने समस्यामा सधै अग्रसर हुने व्यक्तिको रुपमा परिचित रहेको शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी...

छुटाउनुभयो कि?