परराष्ट्रमन्त्रीको अभिव्यक्ति विवादमा, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा जनगणनाको व्यवस्था मिलाउन तुम्बाहाङफेको माग

लोकप्रिय

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनाइको पूर्वमन्त्री एवं एमाले नेतृ डा. शिवमाया तुम्बाहाङफेले प्रतिवाद गर्नुभएको छ ।

भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट नभएको डा. तुम्बाहाङफेको भनाइ छ । ‘परराष्ट्र मन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनिरहँदा सो स्थानलाई सविधानले सम्बोधन गरेको कुरालाई बिर्सनुभयो ? किन सबै नेपाली जनताको साथ पाएको विषयमाथि कुठाराघात गर्ने आत्मघाती निर्णयमा गठबन्धन सरकार ?,’ उहाँको भनाइ छ, ‘भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट छैन सरकारलाई। तुरून्त जनगणना गर्ने व्यवस्था मिलाउ सरकार । नत्र यसको मूल्य महँगो पर्ला है !’

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले भन्नुभएको थियो, ‘जनगणना र्ग उसलाई सोध्नुपर्छ । उसले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी...

छुटाउनुभयो कि?