नेपाल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लोकप्रिय

काठमाडौं । नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएको छ ।  नेप्सेमा सोमबारसम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । 

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश पारित गर्न २ पुस साधारणसभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने साधारणसभाकाे एजेण्डा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?