एमालेको महाधिवेशनले देश नै खुसी बन्दा प्रचण्ड छटपटाएका छन् : सूर्य थापा

लोकप्रिय

चितवन । एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको १०औं महाधिवेशनबाट देश नै खुसी बन्दा एक जनामात्रै बेखुसी बनेको बताएका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै थापाले एमालेको चितवन महाधिवेशनपछि छटपटिएको बताए ।

चितवनको भरतपुरमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘मैले नाम लिन चाहिनँ । महाधिवेशन घोषणादेखिनै छटपटिएका छन्, मलाई, मेरो छोरीलाई समाप्त पार्न टार्गेट गर्न, घेराबन्दी गर्न भनेर कराएको सुन्छु, ती जनप्रनिधि पनि हुन्, दुःखका साथ भन्नुपर्छ हाम्रो मतले नै निर्वाचित भएका हुन् । त्यो उचाईको नेताले त्यसो नगरिदिएको भए हुन्थ्यो ।’

प्रचण्ड एमाले महाधिवेशनमा शुभकामनासमेत नदिएर आफ्नो कद घटाएको थापाको टिप्पणी छ । ‘हाम्रो महाधिवेशनबाट बेखुशी कोही छैनन्, जनसमुदाय खुशी छन्, चितवनका व्यवसायी खुशी छन्, चितवनका सबै क्षेत्र खुसी छन्, देश खुसी छ,’ उनले भने, ‘तर एक जना मान्छे अलि बेखुसी छन् । एमालेको महाधिवेशनलाई शुभकामना दिएको भए उनको कद बढ्थ्यो । आफ्नो कद आफै घटाउने, आँफैलाई नहोच्याएको भए हुन्थ्यो ।’ उनले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदार रुपमा सफल भएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो...

छुटाउनुभयो कि?