नक्कली जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिने दुई जना पक्राउ

लोकप्रिय

काठमाडौं । जबरजस्ती करणी मुद्दा लगाउने धम्की दिँदै एक लाख नगद ठगी गर्ने  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले ३ मंसिरमा फोन गरी श्रीमानले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भन्दै पीडितका श्रीमतीसँग चार लाख माग गरेकी थिइन । ‘४ लाख नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाइदिन्छु भनी बार्गेनिङ गरी १० मंसिरमा पीडितसँग एक लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेका मध्ये रुबिनालाई १ पुसमा र रहमानलाई २१ मंसिरमा  ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?