काठमाडौं– दोस्रोपटक कोभिड १९ संक्रमित हुनुभएका महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोनामुक्त हुनुभएको छ ।
माघ २ गते कोभिड पोजिटिम आएपछि घरमै आराम गरिरहनुभएका मेयर श्रेष्ठ रक्तचाप बढेपछि किस्ट अस्पताल भर्ना हुनुभएको थियो ।
डिस्चार्ज भएपछि मेयर श्रेष्ठले चिकित्सक, नगरपालिकाका कर्मचारीलगायत सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
पहिलोपटक २०७७ साल भदौ २९ गते कोभिड संक्रमण भएका उहाँ २२ दिनमा कोरोनामुक्त हुनुभएको थियो ।