आजकाे संसद् बैठकमा एमसिसी टेबल गर्ने तयारी, त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक

लोकप्रिय

काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश गरिएकाे छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।

कांग्रेसकाे मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेकाे थियाे । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी राेक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेकाे भूमिका के हुन्छ स्पष्ट छैन । सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीकाे विराेध गरिरहे पनि दबाबमा छन् ।सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?