“रिभर्स-एजिङ टेक्नोलोजी”मा भएको प्रगतिका कारण सन् २०७० मा जन्मिने बालबालिका १५० वर्षको उमेरसम्म बाँच्न सक्ने प्रमुख विज्ञहरूले दाबी गरेका छन्।
यसले हालको विश्वव्यापी औसत आयुलाई दोब्बर बनाउने मात्र होइन, यसले मानिसहरूले खराब स्वास्थ्यमा बिताउने समयलाई पनि घटाउन सक्दछ।
यस महिनाको सुरुमा एक अग्रगामी अध्ययनले वृद्ध मुसाहरूमा बुढेसकालको प्रक्रियालाई सुरक्षित रूपमा उल्ट्याउन सफल भएपछि “टाढाको-पाइप-सपना”को रूपमा सोचेको कुरा अहिले वास्तविकताको नजिक पुगेको छ।
वैज्ञानिकहरूले अब यो प्रविधि मानवका लागि केही दशकमै तयार हुनसक्ने अनुमान गरेका छन्।
यश बारे कम्प्युटेशनल जीवविज्ञानी लेखक डा. एन्ड्रयु स्टिलले “द न्यू साइन्स अफ गेटिङ ओल्ड विदाउट ओल्ड”मा मानव परीक्षणहरू चाँडै नै सफल हुने बताए।
‘आउँदो ५० वर्षमा नै यो हुन्छ भनेर बाजि मार्नु चाहिँ मूर्खता हुनेछ,’ उनले भने।
युनिभर्सिटी कलेज लन्डनका आनुवंशिकविद् प्रोफेसर जुर्ग बाहलरले भविष्यवाणी गरे कि यस्तो प्रविधिले मानिसको आयु अधिकतम डेढ शताब्दी(१५०)सम्म आयु बढाउन मद्दत गर्दछ।
उनले भने, ‘म लगायत कतिपयले मानव जीवनका लागि प्राकृतिक सिलिङ् १ सय ५० र त्योभन्दा माथि जान मिल्दैन ।
आज बेलायतमा जन्मेका पुरुष र महिलाको आयु ७९ वर्ष र महिलाको ८२.९ वर्ष छ।
अमेरिकामा सन् २०२० मा जन्मिएका बालबालिकाको आयु निकै कम छ, पुरुषको ७४.२ वर्ष र महिलाको ७९.९ छ।
२०७० मा जन्मिने बच्चाहरूको उमेर १५० पुग्ने एन्टी-एजिङ विज्ञहरूले भर्खरै दावी गरेका छन् । यसको प्रयोग मुसाहरूमा गरिएको छ। यसबाट बुढ्यौली प्रक्रियालाई उल्ट्याउन सकिनेछ।
अनुवादक : तुलाराम गुरुङ
स्रोत : डेलिमेल