उर्लाबारीका मेयर भन्छन् – बिउ बोका काटेर खाए, हिँडेर १० मिनेटमा पुग्ने ठाउँको भ्रमण भत्ता लिन्छन्

लोकप्रिय

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बेलाबखत चर्चामा आउने गरेका छन् । कहिले सर्वसाधारणलाई धम्क्याएको, कहिले प्रशासकलाई थप्पड हानेकोजस्ता आरोप फागोका लागि सामान्य हुन् । चैत २३ गते एक कार्यक्रममा सँगै रहेका बेला फागोले सोही नगरपालिका– ८ का वडाध्यक्ष कुलबहादुर कार्कीमाथि झम्टिए । कार्कीले सञ्चारमाध्यमहरूमा गुहार पनि मागे ।

उर्लाबारीको जरुवापानी भन्ने ठाउँमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको थियो । कार्यक्रम समापनका अवसरमा मन्तव्य राख्दै सभापतिको तर्फबाट वडाध्यक्ष कार्कीले गत पुसमै हुनुपर्ने नगरसभा नगरेको प्रसङ्ग उठाएका थिए । कार्यव्यस्तता जनाउँदै कार्यपालिका र नगरसभा गर्न मेयर नै अनिच्छुक रहेको उनको भनाइ थियो ।

त्यसपछि फागो वडाध्यक्षमाथि झम्टिएका थिए । त्यसपछिका अनेक सार्वजनिक कार्यक्रममा वडाध्यक्षलाई झम्टिनुपर्ने कारणसहित प्रस्तुत भइरहेका फागोले बिउ बोका काटेर खाएकोदेखि किसानका लागि दिएको अनुदानको मकैको बिउमा पनि पैसा मागेकोसम्म आरोप आफ्नै पालिकाका जनप्रतिनिधिमाथि लगाउने गरेका छन् ।

मेयर फागोले उर्लाबारीमा नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा यस्तै खालका भाषण उनले गरे । वडाध्यक्षमाथि किन आक्रमण भयो भन्ने विषयमा फागोले सोही कार्यक्रममा राखेको मन्तव्य यस्तो छ–

अहिलेसम्म हाम्रो उर्लाबारी नगरपालिकामा ६५ वटा कार्यपालिकाको मिटिङ राखियो । त्यहाँ भन्दा मैले के गर्नु ? वर्षमा १३ चोटीको हिसाबले राखेका रहेछौँ । कार्यपालिका मिटिङमा सबैको भत्ता हुन्छ । १९ जनामा करिब करिब एक पटकको मिटिङमा २४ हजार खर्च हुन्छ । सम्पूर्ण कार्यपालिका सदस्यले सकेसम्म होटलमा मासुभात खान खोज्छन् । घरमा कलको पानी खिचेर खाएको हुन्छ । मिटिङमा भने मिनिरल वाटर चाहियो । मिटिङमा बाहिर खाने १०० रुपैयाँ प्रतिगोटाको रेडबुलले हुँदैन । त्यहाँ ३ सय रुपैयाँ माथि पर्ने पर्ने रेडबुल चाहियो ।

कार्यपालिकाको मिटिङमा हामीले जनतालाई आवश्यक पर्ने कार्यविधिहरू बनाउन सक्छौँ÷सक्दैनौँ तर, हामीले बैठक बस्नुपर्छ । गर्नुपर्ने त्यही जनताको काम थियो तर हामी मिटिङमा खर्चमात्रै बढाइरहेका छौं । यसकारण एक पटक कार्यपालिका बैठक बस्दा ४५ हजारसम्म खर्च हुन्छ । हामी होटलमा जानु प¥यो । गाडी पनि चढ्छौँ । वडाध्यक्षदेखि कार्यपालिका सबै सदस्यले मोटरसाइकलमा चढ्नु भएको छ । तेल खर्च भएको छ, सेवा सुविधा दिइएको छ । यो तरिका छ हाम्रो ।

त्यही कारण मैले कतिपय कार्यक्रममा धेरै कुरा रोक्नुपर्छ भनेको हुँ । मैले उहाँ (८ नम्बरका वडाध्यक्ष कुलबहादुर कार्की) लाई तपाई पनि वडाध्यक्ष हुनुहुन्छ । तपाईंले जिम्मा लिएको कुरामा कति बैठक राख्नुभएको छ । तपाईंको कर्तुत खोल्दिन्छु भनिदिएको छु । उहाँ पर्यटन, कृषि सम्बन्धी संयोजक हुनुहुन्छ । मलाई बैठक राखेन भन्दै गर्दा उहाँले ४ वर्ष ९ महिनामा त्यो समितिको एउटा पनि बैठक राख्नुभएको छैन । हामी जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।

हाँस उठ्दो छ यथार्थ छ । ९ वटा बाख्रापालक सामुदायिक कृषक संस्थालाई उन्नत खालका बिउ बोका दिएको थियो । २ वटा काटेर खाइसकेको रहेछ । त्यस्तो हुन्छ काहीँ । फेरि मैले किनेँ त भनेका थिए । त्यसपछि मैले पशु शाखामा बुझ्न खोजेको थिएँ । किन काटेर खाइयो भनेर बुझेको, बोकाले हान्ने भयो अरे । मैले त हात्ती जत्रो बोको त देखेको थिइनँ । अर्को कारण खोरमा राख्न नसकेर, अर्को कारण हाडनाता भयो रे, अर्को कारण प्रजननको लागि आउँदा त्यसअनुसारको प्रतिफल दिएन अरे ! अनि पछाडिको कैफियतमा लेखेको छ । फेरि भनिएको छ ८० वटा पाठा उत्पादन भयो । अहिले ७ वटा बोका चाहिँ छ । दसैँसम्ममा त्यो पनि काट्ने होला ।

अर्कोतिर मकैको बिउ आयो । किसानलाई अनुदानमा मकैको बिउ दिइन्छ । उनीहरूबाटै १ सय रुपैयाँ उठाएको रहेछ । फेरि मैले किन उठाएको किसानबाट बिउको पैसा भनेको ! फेरि बिउ बाँड्न अरे । पटक–पटक त पालिकाले बिउ बाँड्न अनुदान दिएको छैन । अनि ८ जना वडाध्यक्ष कस्ता छन् भने कानुनमा १५ किलोमिटर टाढा गएको मात्रै भ्रमण भत्ता तथा सुविधाको व्यवस्था छ । तर, यहाँ १० मिनेटमा हिँडेर पुग्ने ठाउँ छ । ५ सय मिटर टाढा गएको रिपोर्ट दिएर भत्ता लिएको छ । त्यही विषयमा मैले वडाध्यक्षहरूलाई करेक्सन गराउन खोजेको थिएँ । त्यसपछि भनाभन भयो । हामीले ७ महिनादेखि मुद्दा खेपेका थियौँ । काम गर्न दिइएन । तर, हरेक जनप्रतिनिधिले गरेको अनावश्यक खर्चको एकएक हिसाब छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्लाबारीमा एमाले विजयी, धार्मिक मेयरबाट पराजित भए भाइरल मेयर

काठमाडौं- उर्लाबारी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयरसहित बहुमत विजयी भएका छन् । मेयरमा गंगा खरेल, उपमेयरमा मिना खतिवडा, ९ मध्ये...

छुटाउनुभयो कि?