काठमाडौँ- नेकपा एमालेले महानगर र उपमहानगरको टुंगो लगाएको छ।
यसमध्ये जितपुर सिमरा र जनकपुर उपमहानगरपालिकाको टुंगो लगाउन बाँकी रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
६ वटा महानगरपालिकामा विराटनगरमा टुंगो लाग्न बाँकी छ।
पोखरामा दीपक पौडेललाई प्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको छ।
काठमाडौंमा केशव स्थापित र ललितपुरमा हरिकृष्ण ब्यन्जनकारलाई उम्मेदवार बनाउने निर्णय एमाले सचिवालय बैठकले गरेको छ।