विद्यार्थीद्वारा ढोरपाटन ट्रेलको सरसफाई

लोकप्रिय

काठमाडौं- ढोरपाटन सिकार आरक्षमा अध्ययन/अनुसन्धानका लागि गएको गोल्डगेट कलेजका विद्यार्थीहरुले ट्रेलको सरसफाई गरेका छन् । कलेजमा वातावरण विषय लिएर स्‍नातकोत्तर तेस्रो सेमस्टरका विद्यार्थीहरुले फोहोर संकलन गर्दै ट्रेलको सरसफाई गरेका हुन् ।

अध्ययन गरेर फर्कने क्रममा उनीहरुले घार्पादेखि पाक्थर गाउँसम्मको ट्रेलमा आगन्तुकहरुले फालेको फोहोर संकलन गरेका थिए । करिब १० केजी फोहोर संकलन गरिएको छात्रा अनुराधा ढकालले जानकारी दिइन् । सरसफाई अभियानमा ढकालसहित विद्यार्थीहरू सहिस्ता थापा,विवेक निरौला, प्रभात केसी र विज्ञान पोखरेल सहभागी थिए ।

सिकार आरक्ष क्षेत्र जाने मानिसहरुले बाटोमा प्लास्टिक, रेड बुलका बोतल, खैनीका खोल,चाउचाउका प्लास्टिक,पानीका बोतलहरु धेरै नै फाल्ने गर्छन् । जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषण हुने र असर गर्ने ढकालले बताइन् । उनीहरुले २८ सय मिटरको उचाइदेखि ४ हजार ४० मिटरसम्मको उचाइसम्मको फालिएको फोहोर संकलन गरेका थिए ।

पदमार्ग हुँदै आरक्ष क्षेत्र जानेहरुले निश्चित स्थानमा फोहोर विसर्जन गर्दा राम्रो हुने विद्यार्थीहरुले बताए ।

फोहोरमैला सम्बन्धी अध्ययनमा रुची समेत राख्ने छात्रा ढकालले फोहोरलाई व्यवस्थित रुपमा विसर्जन गर्ने पारिपाटी बसाले पदमार्ग राम्रो पनि देखिने र वातावरण पनि स्वच्च हुने उनले बताइन् । उनले गोसाईकुण्ड र सगरमाथा ट्रेलमा जसरी नै फोहोर राख्ने कम्पोस्ट बिन वा डस्टविनहरु राख्न सके त्यसलाई एकीकृत ढंगबाट व्यवस्थित गर्न सकिने बताइन् ।

फोहोरको अवस्था सहरी क्षेत्रमा मात्रै नभएर हिमाली क्षेत्रमा पनि बढ्दो रहेको उनले सुनाइन् । आगन्तुक र पर्यटकहरुले जथाभावी फोहोर विसर्जन नगरे ढोरपाटन ट्रेल अझ राम्रो हुने उनले बताइन् ।

विद्यार्थीहरुले संकलन गरेको फोहोर ढोरपाटनको समुदायक होटल निजक आएर विसर्जन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल...

छुटाउनुभयो कि?