बिर्तामोड– एमाले केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साङ्लोमा बाँधिएका युवकको १० वर्षपछि उद्दार गर्नुभएको छ ।
झापाको हल्दीबारी गोल्धापका २८ वर्षीय केशव बस्नेतको आइतबार निवासमै गएर उद्दार गर्नुभएको हो ।
प्रसाईंले गत वर्ष पनि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका एक मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गर्दै बीएन्डसी अस्पतालमा निःशुल्क उपचार गर्नुभएको थियो ।
हल्दिबारी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहनगर पनि हो ।


