ललितपुर– महालक्ष्मी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ ।
एमालेबाट छिरिङ लामा वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँले ७८९, कांग्रेसका मधुसुदन केसीले ४६२, माओवादी केन्द्रका अभिषेक केसीले ४३९ मत पाउनुभयो ।
नगर प्रमुखमा एमालेका हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा एमालेकै बिना सुवेदी केसीले अग्रता लिइरहनुभएको छ ।
वडा नम्बर ९ को वडाध्यक्षमा कांग्रेस अगाडि छ ।