महालक्ष्मीमा एमालेको बिरासत जोगाउँदै हरिगोविन्द

लोकप्रिय

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेले आफ्नो बिरासत जोगाउने निश्चित भएको छ ।

एमालेले महालक्ष्मीमा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जित्ने निश्चित भएको छ । तीनवटा वडा गन्न बाँकी रहँदा एमालेले ६ वडा वडा जीत नजिक पुगेको छ । वडा नम्बर ५, ६ र ७ गन्न बाँकी छ । वडा नम्बर ४ र ८ मा एमाले विजय नजिक छ । ९ नम्बर कांग्रेसले जितेको छ । एमालेले १, २, ३ एमालेले जितेको छ ।

एमालेका मेयर र उपमेयर गठबन्धनका उम्मेदवार भन्दा धेरै अगाडि छन् । गन्न बाँकी वडामा ६ नम्बर बाहेक बाँकीमा एमालेले लिड गर्ने छ ।

एमालेबाट प्रमुखमा हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा बिना सुवेदी केसी मैदानमा हुनुहुन्छ । गठबन्धनबाट माओवादी केन्द्रका शिव कट्टेल प्रमुख र कांग्रेसबाट लक्ष्मी महर्जन उपप्रमुख हुनुहुन्छ ।

२०७४ सालमा भएको निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठको नेतृत्वमा एमालेले २ वटा बाहेक सबै वडा जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?