काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

लोकप्रिय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुई वटा त महानगर छन् ।

तर, मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा मात्र माओवादी प्रतिस्पर्धी दल बन्यो ।

जहाँ पहिले माओवादीले अध्यक्ष र उपाध्यक्षसँगै वडा नम्बर १, २ र ५ जितेको थियो । कांग्रेसले वडा नम्बर ३ र ४ जित्दा एमाले वडा र गाउँपालिकाको नेतृत्वबाट ‘क्लिन स्विप’ भएको थियो । यस पटक भने अध्यक्षमा एमालेका कृष्णमान लामा निर्वाचित भए । २०७४ सालमा उनी माओवादीका गोपीलाल सिङ्तानबाट पराजित भएका थिए ।

बाँकी १९ मध्ये केही स्थानीय तहको परिणाम आएको छ । महाङ्‍काल र बाग्मती गाउँपालिकामा भने दुई उपाध्यक्ष माओवादीले पाएको छ । अध्यक्ष भने कांग्रेसले जितेको छ। ललितपुर महानगरपालिकाको उपप्रमुखमा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य पराजित हुने सम्भावना बढ्दै गएको छ । माओवादी नेताहरूले त्यहाँ कांग्रेसबाट धोका पाएको भन्दै गुनासो गर्दै आएका छन् । 

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिकामा माओवादीबाट प्रमुख हुने छैन ।  काठमाडौंको १० र भक्तपुरको चार स्थानीय तहबाट पनि माओवादी प्रमुख पदमा आउने सम्भावना देखिएको छैन । 

जबकि, यस पटक माओवादीले अघिल्लो पटक भन्दा बढी स्थानीय तहमा जित्‍ने सम्भावना छ ।  माओवादीले १०६ स्थानीय तहमा अघिल्लो पटक निर्वाचन जितेको थियो।यस पटक भने कम्तीमा ११५ स्थानीय तह जित्‍ने देखिएको छ । तर, काठमाडौं उपत्यकाको २० वटामध्ये एउटा पनि स्थानीय तहको नेतृत्व माओवादीले गुमाउने भएको हो । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?