उर्लाबारीमा एमाले विजयी, धार्मिक मेयरबाट पराजित भए भाइरल मेयर

लोकप्रिय

काठमाडौं- उर्लाबारी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयरसहित बहुमत विजयी भएका छन् ।

मेयरमा गंगा खरेल, उपमेयरमा मिना खतिवडा, ९ मध्ये ५ जना वडाध्यक्षसहित बहुमत पदाधिकारी विजयी भएका छन् ।

गत चुनावमा एमालेको बलियो जनाधार हुँदाहुँदै पनि कांग्रेसका खड्ग फागो मेयर निर्वाचित भएका थिए ।

खासगरी कोरोना महामारी सहित पटक पटक फागो चर्चामा रहँदै आएका थिए ।

गएको चुनावमा बलियो जनाधारबीच पनि पराजित भएको एमाले यसपटक एकढिक्का भएर मैदानमा उत्रिएको थियो ।

एमालेबाट निर्वाचित खरेल भने ॐ शान्ति अभियानमा सक्रिय व्यक्तित्व हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?