ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ ।
कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादीले उल्लेख्य मत काटे पनि श्रेष्ठ ३ हजार ६ सय ९२ मतान्तरले विजयी हुनुभएको हो । उपमेयरमा भने नेपाली कांग्रेसकी लक्ष्मी महर्जन निर्वाचित हुनुभयो ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्र
प्रतिस्र्धी नेकपा माओवादी केन्द्रका शिव कट्टेलले ५ हजार ६ सय ५८ मत पाउनुभयो ।
उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभयो । उहाँले ९ हजार ५ सय ९१ मत पाउँदा निकटतम प्रतिस्र्धी नेकपा एमालेकी विणा सुवेदीले ८ हजार ६ सय ८३ मतले विजयी हुनुभयो । उहाँको विजेता महर्जनको भन्दा ९ सय ८ मत कम थियो ।
महालक्ष्मीमा एकीकृत समाजवादी एक्लै चुनाव लडेको थियो । वडा नम्बर ७ का पूर्वअध्यक्ष नकुल थापाले मेयरमा ३ हजार ८ सय ९१ मत पाउनुभयो । राप्रपा नेपालका प्रविण खत्रीले २ हजार ५ सय ९३ मत पाउनुभयो । स्वतन्त्रमा उम्मेदवारी दिएका दिनेश प्रसाद सुवेदीले ५ सय ६६ मत प्राप्त गर्नुभयो ।
१० वडामध्ये एमालेले ६ वडा जितेको छ । वडा नम्बर १ मा छिरिङ लामा, २ मा ध्रुव खत्री, ३ मा कुवेर केसी, ४ मा अमृत खत्री, ६ मा विश्वराज श्रेष्ठ र १० मा विजय लामा विजयी हुनुभयो ।
कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा नम्बर ७ मा बाबुराजा महर्जन र ९ मा जयकृष्ण बोगटी निर्वाचित हुनुभयो ।
वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका धर्म महर्जन विजयी हुनुभयो ।
२०७४ मा एमालेका रामेश्वर श्रेष्ठ मेयर निर्मला थापा उपमेयर हुँदा एमालेले ८ वटा वडा जितेको थियो । एमालेले यसपटक वडा नम्बर १० माओवादीबाट खोसेको छ भने वडा नम्बर ५, ७ र ९ गुमाएको छ । कांग्रेसले आफूले जितेको वडा नम्बर ६ गुमाएर ५, ७ र ९ एमालेबाट खोसेको छ । माओवादी केन्द्रले वडा नम्बर १० गुमाएर वडा नम्बर ६ खोसेको छ ।