धनकुटा- महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपाल पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् ।
निवर्तमान मेयर नेपालले आफ्नो कार्यकालको स्मरणमात्र गरेका छैनन्, हालै भएको चुनावमा एमाले पराजित भए पनि फेरि गौरवपूर्ण जीत निकाल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
पाँच वर्षमा नगरबासी र जनप्रतिनिधिको सल्लाहमा नै विकास र सेवाका क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उहाले बा आमा सुस्ताउने फलैंचादेखि बालबालिका भुलाउने पार्कसमेत बनाएको उल्लेख गरेका छन् ।
निवर्तमान मेयर नेपालले पाँच वर्षे कार्यकालमा आधा समय कोभिडसँग जुधेरै बितेको बताउँदै नगर प्रमुखको रुपमा रहँदा आफूले दलीय विभेद नगरेको समेत बताउनुभएको छ ।
