काठमाडौं- दुई बर्ष देखि स्थगित भएको कोरियन भाषाको परिक्षा १९ जेठ देखी ३ असारसम्म सञ्चालन हुने भएको छ ।
स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेवाट सुचारु गर्न लागिएको हो । बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भएपनि स्थानिय तह निर्वाचनक कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन ।
बैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ । कोरियन भाषा परिक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो ।