काठमाण्डौ । अमेरिकाको टेक्सास स्थित युलेस सिटीमा पछिल्लो समय नेपालीहरूको बाहुल्यता बढेको छ । अध्ययन तथा कामको सिलसिलामा टेक्सास पुग्ने नेपालीहरूले युलेसलाई आफ्नो गन्तव्य बनाउने गरेका छन्। परदेशमा समेत मातृभूमिको स्वाद पस्किने प्रयास सहित युलेसमा पछिल्लो एक वर्षदेखि ‘ठमेल बियर गार्डेन’ले टिपिकल नेपाली स्वाद पस्किंदै आइरहेको छ ।
‘परदेशमा समेत मातृभूमिको स्वाद पस्किने परिकल्पनालाई साकार बनाउँदै व्यवसाय सञ्चालन गरेको’ सञ्चालिका उर्मिला ढकालले बतएकी छिन् । चितवनको भरतपुर महानगरपालिका १० स्थायी ठेगाना भएकी ढकाल र उनका केही साथीहरू मिलेर ‘ठमेल बियर गार्डेन’ रेस्टुरेन्ट सञ्चालन गरिएको हो । नेपाली स्वाद पस्किदैं आएको रेस्टुरेन्टले आगामी जुन ४ मा रेस्टुरेन्टको बार्षिक एनिभर्सरीको उपलक्ष्यमा विशेष कार्यक्रमको समेत आयोजना गरेको छ ।
पूर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रमुख आतिथ्यतामा डिजे डीआईडीको संगीतका पारखीहरूले झुम्न पाउने छन् ।जुन ४ तारिक स्थानीय समय अनुसार साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा स्पेशल नेपाली खानाका परिकार ‘नेपाली थाली’ सेटको स्वाद लिन पाउने छन् भने चाउमिन, मम, सेकुवा, मटन, तास लगायतका परिकारको पनि स्वाद लिन पाइनेछ भने पूर्व मिस नेपाल खतिवडाको साथमा बसेर डिनर तथा लञ्च गर्न सकिने जनाइएको छ । नेपालमा रोजगार तथा व्यवसाय सञ्चालनको पर्याप्त अवसर नपाएर विदेशिन बाध्य बनेकी ढकालले प्राप्त गरेको सफलतालाई महत्त्वपूर्ण मान्नुपर्छ ।
विदेशमा बसेर पनि आफ्नै बलबुतामा आफ्नो स्वदेशी पहिचानको संरक्षण गर्दै व्यवसाय सञ्चालन गर्ने कुरा अरू ढकाल जस्तै महिलाहरूका लागि प्रेरणाको स्रोत हुने सञ्चालिका ढकालको विश्वास छ । ‘परदेशम रहेर पनि नेपाली मौलिक स्वादको अन्तर्राष्ट्रियकरण गर्दै गरेकी एक नारीको सफलतालाई हौसला प्रदान गर्न उक्त कार्यक्रममा सहभागी हुन लागेको’ पूर्व मिस नेपाल खतिवडाको भनाइ छ ।