पञ्चदेवलमा स्थानीय र प्रहरीबीच झडप

लोकप्रिय

  • सन्तोष अधिकारी

अछाम जिल्लाको पञ्चदेवल नगरपालिकाको ४ नम्बर कालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीय स्वास्थ्यकर्मी बिनोद नेपालीका अनुसार वैशाख ३० गते स्थानीय निकायको निर्वाचनको बिषयलाई लिएर विवाद सुरु भएको हो । विवाद सुरु भएको विषयलाई लिएर प्रहरीले स्थानीयलाई कुटपिट गरेपछि विवादले उग्ररूप लिएको छ।

जेठ १७ मा ३ वटा मोटरसाइकलमा आएका स्थानीय ९ जनाले पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा दुईजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटमा संलग्न मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । सो घटनाका आरोपीलाई पक्राउ गर्दा प्रहरीले

महिलालाई अपमानजनक व्यवहार गरेको आरोप लगाएर स्थानीयले विरोध गरिरहेका छन्।

कालिकास्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबीच स्थानीय तहको चुनावदेखि नै मनमुटाब र झडपहरू भइरहेका थिए। वैशाख ३० गतेको निर्वाचनमा कांग्रेसका कार्यकर्ताले अर्कै मतदाताको नाममा मत हाल्न खोजेपछि हेल्थ पोस्टमा रहेका दुई वटा बुथमा उनीहरूबिच कुटाकुट भएको थियो। उक्त झडपमा एमाले कार्यकर्ताहरू चक्र शाही लगायत घाइते भएका थिए। त्यही घटनाबाट काँग्रेस र एमालेबीच कालिकास्थानमा झडप सुरु भएको थियो।

चुनावपछि एमाले कार्यकर्ताहरूको कुटाइबाट आफ्ना नेता सुरज शाहीलाई घाइते बनाएको भन्दै कांग्रेसले प्रशासनमा दिएको उजुरीका आधारमा प्रहरीले १७ गते राति एमालेका कार्यकर्ताको घरहरूमा हस्तक्षेप गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको थियो। घटनामा संलग्न कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भर्द शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको अछामका डिएसपी रविराज थपलियाले बताए।

मध्यरात कांग्रेस जनप्रतिनिधिसँगको साँठगाँठमा प्रहरीले घरमा हस्तक्षेप गरे लगत्तै बेपत्ता भएका विनोद शाहीको शव आज फेला परेको हो। नेकपा एमालेका पूर्व जिल्ला सदस्य बलबहादुर शाहीका छोरा मृतक किशोरको चुनावी रिइसिवीकै कारण काँग्रेस पक्षले हत्या गरेको हुन सक्ने स्थानीयहरूको आशंका छ।

आक्रोशित पीडित पक्षले काँग्रेसबाट निर्वाचित नगरप्रमुख अम्बिका चलाउने र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले मृतक किशोरको लाससमेत उठाउन नदिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविराज थपलियाले जानकारी दिए।

तस्बिर सौजन्य : विनोद नेपाली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?