प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

लोकप्रिय

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस  गर्नेछन् भने उनले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?