एमाले कैलालीका अध्यक्ष पदमुक्त

लोकप्रिय

धनगढी । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको हो ।

बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए ।

२३ असारमा एमाले जिल्ला सचिवालयको बैठकले चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी कमिटीको बैठक नराखेकाे भन्दै कारवाहीका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । सो निर्णय सदर गर्दै आगामी १५ साउनभित्र जिल्ला अध्यक्षका लागि निर्वाचन गर्न निर्देशन दिएको सचिव पाठकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?