प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा 

लोकप्रिय

काठमाडौं । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।  फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए ।  चौथो संस्करणको साफ आगामी २५ जुलाईदेखि ५ अगष्टसम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदै छ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार देशले सहभागीता जनाउनेछन् । 

सिंगल राउण्ड रोविन पद्धतिमा हुने खेलको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । हाल नेपाली टिमलाई मुख्य प्रशिक्षक मेघराज केसीले प्रशिक्षण गराइरहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?