नेपाल नामिबियासँग ४० रनले पराजित

लोकप्रिय

आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित / नेपालले दोस्रो खेल भोलि स्कटल्याण्डसँग खेल्ने ।।

आइसीसी विश्वकप लिग-टु त्रिकोणात्मब एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

२२१ रनको प्रतिस्पर्धात्मक लक्ष्य बोकेको नेपालले खराब ब्याटिङका कारण १ सय ८० रनमा समेटिदै हार व्यहोरेको हो ।

स्कटल्याण्डको क्याम्बुस्दुन न्यु ग्राउण्डमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबिया ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रनमा समेटिएको थियो ।

नामिबियाका लागि छैटौं नम्बरमा आएका ब्याटर निकोल लोफ्टी एटोनले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेलेका थिए ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले चार विकेट लिएका थिए भने सोमपाल कामीले दुई विकेट हात पारेका थिए ।

२२२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको नेपाल ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमा समेटिएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रनको अर्धशतकीय अविजित पारी खेल्दा अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनाल ३४ रनमा कुशल भुर्तेल २७ रनमा आउट भएपछि नेपालले पहिलो खेलमै हार व्यहोरेको हो ।

नेपालले अब आफ्नो दोस्रो खेल भोलि घरेलु टोली स्कटल्याण्ड विरुद्ध खेल्नेछ । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो । नामिबियासँगको हारसँगै नेपाल छैटौं स्थानमा ओर्लिएको छ भने नामिबिया भने पाँचौं स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?