शाक्यको पालामा खरिद गरिएको दमकल आइपुग्यो

लोकप्रिय

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले पूर्व नगर प्रमुख विद्यासुन्दर शाक्यको पालामा खरिद गरिएको तीन वटा दमकल आइपुगेको बताएका छन् ।

उनले दमकलहरूको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताए । नगरप्रमुख शाहले भनेका छन्’ महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरू गर्दै आएको छ ।’

आगोको प्रयोगमा सावधानीको आवश्यकता रहेको उनको ठहर छ । काठमाण्डौँ जस्तो क्षेत्रहरूमा आफ्नै संरचनागत खराबीले गर्दा आगलागीको जोखिम उच्च रहेको उनले बताए । उनले फेसबुकमा लेखेर भनेका छन्,’ नियन्त्रणमा सीमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?