काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका छन् ।
तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मासँग बिहान ८ बजेदेखि बयाल लिन सुरु गरेको छ । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ ।
हिजो बसेको समितिको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय थियो ।
यसअघि सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए ।