भारतमा ४ करोड मानिसले अझै कोभिड खोप लिएनन्

लोकप्रिय

भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ ।

कनिष्ठ संघीय स्वास्थ्य मन्त्री भारती प्रविण पवारले शुक्रबार भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सम्बोधन गर्दै सो विवरण सार्वजनिक गरेका हुन् ।

पवारले संसद्मा लिखित जवाफ पेश गर्दै सोमबारसम्ममा “खोप लगाउन योग्य उमेर समूहका करिब ४ करोड मानिसले हालसम्म पहिलो मात्राको खोप पनि नलिएको बताएका हुन् । सोमबारसम्म कुल ९२६,१७२,६६१ खोप लगाउँन योग्य उमेर समूहका (८७.४ प्रतिशत) ले कोभिड–१९ विरुद्धको खोपको दुवै डोज प्राप्त गरेको पनि मन्त्रीले जनाकारी दिएका छन् ।

त्यसैगरी सो खोपको तेस्रो मात्रा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने र ६० वर्ष भन्दा माथिका सबै योग्य उमेरसमूहका व्यक्तिहरूलाई मार्च १६ देखि प्रदान गरिने पनि सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?