दशैंका लागि नयाँ नोट वितरण शुरु

लोकप्रिय

काठमाडौं- राष्ट्र बैंकले दसैँका लागि लक्षित गर्दै नयाँ नोट आज (भदौ २६ गते आइतबार) देखि वितरण शुरु गरेको छ । केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिनुभयो ।

आइतबार कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । भदौ २९ गतेबाट नयाँ नोट वितरण गर्ने भनेपनि आजबाटै वितरण गरिएको नेपालले बताए ।

एक जनाले ५ देखि १ सय दरका एक एक बन्डल गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रदेश सांसद श्रेष्ठलाई निवासमै बोलाएर अध्यक्ष ओलीले दिए बधाई

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद रामेश्वर श्रेष्ठलाई निवासमै बोलाएर बधाई...

छुटाउनुभयो कि?