अध्यागमन विभागको कालोसूचीमा सन्दीप लामिछाने

लोकप्रिय

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेमाथि पक्राउ पुर्जी जारी भएपछि विभागले कालोसूचीमा राखेको हो ।

काठमाडौ‌ जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले पनि उनलाई राष्ट्रिय क्रिकेट टिमकाे कप्तानबाट निलम्बन गरिसकेको छ। लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैकामा रहेका छन् । तर क्यानकाे निलम्बनपछि उनले सिपिएल पनि खेल्न पाएनन्।

त्यसकारण उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा आउनासाथ पक्राउ गर्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारमा कालो सूचीमा राखिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रदेश सांसद श्रेष्ठलाई निवासमै बोलाएर अध्यक्ष ओलीले दिए बधाई

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद रामेश्वर श्रेष्ठलाई निवासमै बोलाएर बधाई...

छुटाउनुभयो कि?