भारतीय रक्षामन्त्री सिंह र मुस्लिम आयोगका अध्यक्ष अन्सारीबीच भेटवार्ता

लोकप्रिय

काठमाडौं- मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा अध्यक्ष अन्सारीले रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको छ । उनीहरूका विषयमा नेपालका समसामयिक विषयमा पनि परामर्श भएको छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ कसरी बनाउन सकिन्छ भन्ने विषयमा रक्षामन्त्री सिंहसँग कुराकानी भएको अध्यक्ष अन्सारीले बताएका छन् ।

अध्यक्ष अन्सारीसँग मन्त्री सिंहले नेपालमा हालै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएकोमा पनि खुसी व्यक्त गरेका छन् ।

रक्षामन्त्री सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अझै उचाइँमा पुर्‍याउन आफूबाट हुन सक्ने सबै सहयोग गर्न तयार रहेको आश्वासन पनि दिएका छन् ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारी भारतीय नेता एवम् पूर्वसांसद स्व.डीपी त्रिपाठीको निधन भएको तेस्रो वर्ष पुगेको अवसरमा ‘भाइचारा न्यास फाउण्डेशन’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली गएका छन् ।

फाउण्डेशनको कार्यक्रममा ‘डीपी के डीपीटी बन्नेकि कहानी’ किताबको पनि विमोचन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?