माघ महिनामा ब्याजदर घट्यो

लोकप्रिय

काठमाडौं- माघ महिनामा ब्याजदर घट्ने भएको छ । बैंकर्स संघको बुधबारको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बताए । राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। सोही अनुसार माघदेखि ब्याजदर घट्ने भएको हो।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधारदर परिवर्तन हुनेछ। आधारदरका आधारमा ऋणको पनि ब्याजदर घट्नेछ।बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई १०.३ प्रतिशतले घटाउने सहमति बनेको हो।

हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।

यस्तै मुद्दती निक्षेपको अधिकतम र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटाउने पाइने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?