काठमाडौं एक्सप्रेस

कोरोनाको भयले अस्पतालमा भीड

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ । देश विदेशमा...

झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण

कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । ग्राण्डी...

विज्ञहरुको विवरण सङ्कलन गर्दै नास्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली...

जनकपुर पटना चल्ने गाडी बन्द

कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा आजदेखि रोक लगाइएको जिल्ला...

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो संवाद हुने

काठमाडौं- सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ । साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् । उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी...

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

जनकपुर– धनुषाको क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयामा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनबाट क्षीरेश्वनाथ नगरपालिका–१ रमदैयाका ३५ वर्षीय ब्रमहेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयाका ३६ वर्षीय रामनरायण महरा...

कालोबजारी गर्नेलाई थुनिदिन्छु : प्रजिअ पाण्डे

भक्तपुर- भक्तपुरका प्रजिअ हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुनिदिने चेतावनी दिनुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक...

अस्पतालमा ‘आइसोलेशन कक्ष’

कोभिड– १९ का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित कक्ष स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो । शङ्कास्पद देखिएका...

अर्काको नाममा ट्रायल दिने दुई पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमीलाई बिहीबार...

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग

प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझवा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले तत्काल शैक्षिक संस्था बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद...

About Me

काठमाडौं एक्सप्रेस डट कम सन् २०१७ अक्टोबर २५ देखि सञ्चालित समाचार पोर्टल हो ।
387 POSTS
0 COMMENTS
- Advertisement -spot_img

Latest News

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
- Advertisement -spot_img