ललितपुर– महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । युनाइटेड एकेडेमी, इमाडोलमा मंगलबार भएको विशेष समारोहमा नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन लगायतले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरे । नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले शिक्षा दिवस २०८० को अवसरमा उत्कृष्टलाई…