संसद अवरोध खुलाउन सभामुखको सक्रियता, प्रधानमन्त्रीसँग भेट्दै

संसद अवरोध खुलाउन सभामुखको सक्रियता, प्रधानमन्त्रीसँग भेट्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं- सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले अहिले बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग मात्रै एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरेका छन् ।

सभामुखको पहलमा तीनपटक शीर्ष तहको बैठक बसिसकेको छ भने आधा दर्जन भन्दा बढी प्रमुख सचेतकहरुसँग बैठक भएको छ । दुईपटक कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।

सत्तापक्ष र प्रमुख विपक्षीबीच सुनकाण्ड उच्चस्तरीय छानबिन समितिमा सहमति नभएका कारण साउन १० गतेदेखि सदन अवरोध भइरहेको छ ।

Logo