महालक्ष्मी नगरपालिकाका सुचिकृत मेलमिलाप कर्तालाई प्रशिक्षण तथा शपत ग्रहण

महालक्ष्मी नगरपालिकाका सुचिकृत मेलमिलाप कर्तालाई प्रशिक्षण तथा शपत ग्रहण

काठमाडौं एक्सप्रेस

ललितपुर – महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले न्यायिक विषयमा वडा तहका समस्या वडा तहमै निरुपण हुनुपर्ने बताएकी छन् । १० वटै वडाका मेलमिलाप कर्ताहरुलाई दिइएको प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै एसो बताएकी हुन् ।

नगरपालिकाले वडाका कानुनी समस्यालाई वडामै सम्बोधन गर्न मेलमिलाप कर्तालाई शुक्रबार अभिमुखिकरण गराएको थियो । उक्त प्रशिक्षणलाई सरोज बस्नेतले सहजीकरण गरेका थिए ।

सूचिकृत मेलमिलाप कर्ताहरुलाई नियुक्तदेखि शपत ग्रहण न्यायिक समिति संयोजक महर्जनले गराएकी थिइन् । महालक्ष्मी नगरपालिका भित्रका स्थानीयलाई न्यायमा पहुँच र समस्याको समाधान होस् भन्ने हिसाबले विभिन्न मेलमिलाप कर्ताहरुलाई अभिमुखिकरण गराइएको महर्जनले बताइन् ।

उनले भनिन्, “मेलमिलाप कर्ताहरु नगरपालिकाभित्र न्यायिक निरुपणका खम्बा हौ भन्ने कुरा सधैँ मनमा राख्नुहुनेछ । कुनै किसिमको लोभलालजनमा नपरेर समस्यालाई निरुपण तथा मेलमिलाप गर्न उहाँहरु सक्रिय हुनुहुन्छ भन्ने विश्वास लिएको छु ।”

मेलमिलापकर्ता नियुक्त गर्नुको उद्देश्य पनि दुःख, पीडामा परेकालाई न्याय दिन र वडाका विवादित विषयहरुलाई विधिमा टेकेर त्यसलाई समाधानतर्फ लिने काम मेलमिलाप कर्ताहरुले गर्ने उपप्रमुख महर्जनको दाबी छ ।

“वडाभित्रका साना तिना समस्याहरु वडामै समाधान गर्नको लागि प्रत्यक वडाकम मेलमिलाप केन्द्र गठन गर्नेसमेत उपप्रमुख  महर्जनले जानकारी दिइन ।

नगरपालिका न्यायिक समिति संयोजक महर्जनको नेतृत्वमा महालक्ष्मी नगरपालिका भित्र विभिन्न न्यायिक निरुपणका कामहरु भएका छन् ।

त्यस्तै न्यायिक समितिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले स्वागत मन्तव्य राखेका थिए । वडा नम्बर १ का वडाध्यक्ष छिरिङ् लामाले सुचिकृत मेलमिलाप कर्ताहरुले वडामा काम गर्दा कुनै पनि विवाद नहुने गरी निष्पक्ष तथा मर्यादित ढङ्गले काम गर्न सुझाव दिए ।

वडा नम्बर ४ का वडाध्यक्ष अमृत खट्का, कार्यपालिका सदस्य सदस्य रमेश मिजार, कला भण्डारी, वडा नम्बर ४ का वडासदस्य विष्णु रोका मेलमिलापकर्तालाई निष्पक्ष रुपमा काम गर्न सुझावसहित शुभकामना व्यक्त गरेका थिए ।

Logo