बालबालिकाको पोषण कार्यक्रममा सरकारको ध्यान छैन : डा. आरजु 

 बालबालिकाको पोषण कार्यक्रममा सरकारको ध्यान छैन : डा. आरजु 

काठमाडौं एक्सप्रेस

लितपुर, – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संसद डा आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको ध्यान नगएको बताएका छन् ।  प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति समेत रहेकि सांसद देउवाले सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिईन् ,

काठमाडौंमा आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उनले बालबालिकामा पोषणको धेरै ठूलो महत्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरुमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेेमा जोड छ ।

डा राणाले आगामी बजेटमा पनि पोषणलाई प्राथमिकतामा राखेर बजेट बढाउनुपर्ने माग गरिन् । उनले भनिन्,“पोषण सबैका लागि महत्वपूर्ण छ अझ बालबालिकामा यसको झन ठूलो महत्व छ । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणमा ध्यान दिएनौँ भने हाम्रो देशका नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको स्वास्थ्यमा यसले निकै असर गर्न सक्छ । उनीहरुको भविष्य कस्तो हुन्छ  भन्ने कुरा पनि पोषणका कारण हुनसक्छ । त्यसैले राज्यले नै यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

उनले  पोषणजस्तो महत्वपूर्ण एवं बालबालिकाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई राज्यले प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नै नीतिगत व्यवस्था र पहल हुनु जरुरी रहेको बताउँदै यस विषयमा सरकारको विशेष रणनीति हुनुपर्नेमा जोड दिईन् ।

रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा राणाको जोड थियो । अहिले विभिन्न रणनीति रहेको भए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता र प्रभावकारिता नरहेको उनले बताईन् । उनले भिनन्, “म अहिले कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित रहेकाले यी दुवै क्षेत्रमा नेपाल सरकारले हेर्नुपर्यो, आवश्यकताअनुरुप नै बजेट हुनुप¥यो ।”

Logo