दाङ- दाङ क्षेत्र नम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।
कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराउँदै ओली निर्वाचित भएकी हुन् । ओलीले २४ हजार २ सय ८६ मत ल्याइन् भने कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाए ।
२०७४ सालको चुनावमा तत्कालीन एमालेबाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । विमला उत्तरकुमारकी श्रीमती हुन् ।