बाजुरा । खप्तड छेडेदह गाउँपालिका–२, बाजुरामा जन्मिएका युवा सर्जक भोपेन्द्र बुढा ‘भुपेन’ अहिले काठमाडौंको शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन् । व्यस्त स्वास्थ्य सेवाको दैनिकीसँगै साहित्यलाई जीवनको अर्को धड्कन बनाएका उनका लागि उपन्यास ‘तिमी आउनु पर्छ’ केवल एउटा पुस्तक होइन, आफूभित्र लामो समयदेखि पलाउँदै आएको सपना, प्रेमको अनुभूति, आत्मसंघर्ष र लेखकीय यात्राको एउटा महत्वपूर्ण…