काठमाडौँ, । काठमाडौँ महानगरपालिका७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् । गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले ब्रस चलाउँदै स्वयम्भूलाई आफ्नै स्कुलको भित्तामा उतारिरहनुभएकी काफ्लेले भन्नुभयो,…