काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्कालीनदेखि दीर्घकालीन योजनासम्म अघि बढाएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुनुअघि अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा तथा आवश्यकताअनुसार आवासीय व्यवस्थामार्फत पठनपाठन सञ्चालन गरिने बताए। उनका अनुसार तत्कालका लागि स्थानीय तहसँग…