विराटनगर– विराटनगर नर्सिङ अस्पतालको आईसीयू कक्षबाट महायोगी सिद्धबाबा कृष्णदासजी महाराजलाई प्रहरीले पक्राउ गरेको छ ।
कृष्णदासलाई मुटुमा समस्या देखिएको आइतबार बिहानदेखि अस्पतालको आईसीयू कक्षमा लगिएको थियो ।
विराट नर्सिङ होमले उनलाई माइनर हृदयघात भएको भन्दै आईसीयूमा पठाएको थियो । पक्राउ परेका कृष्णदासलाई एम्बुलेन्समा हालेर सुनसरी लगिएको जनाइएको छ । तस्बिर सौजन्यः शशि कोइराला

