लन्डन : मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको पहिलो चरणमा मिस नेपाल अनुष्का श्रेष्ठले आफनो समूहबाट जित्न सफल भएकी छन् । यो जितसँगै भोली हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा नेपालले ले इन्डोनेसियासँग भिड्नेछ ।
राउन्ट टू अर्थात दोस्रो चरणमा १० जना छनौट भएर उत्कृष्ट ४० छानिनेछ छ । अनुष्काले पहिलो चरण पार गर्नुभएसँगै सबैमा धन्यवाद ब्यक्त गरेकी छन् । अनुष्काले मल्टिमिडिया अवार्ड जित्नको लागि लाइक र शेयरको अझै आवश्यक पर्ने भन्दै ६ दिनको अवधिमा भोट गरि सहयोग गर्न सबैमा आग्रह समेत गरेकी छन्।
मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागी छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ ।