काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलको उपाधि नेपालले जितेको छ ।
दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा भूटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । १३ औँ सागमा नेपालले ५१ वटा स्वर्ण जितेको छ ।
नेपालका तर्फबाट अभिषेक रिजालले गोलको खाता खोलेका थिए । भूटानका लागि पहिलो हाफको अन्ततिर भुटानका सेञ्जो ग्याल्जेनले एक गोल गरेका थिए ।
नेपालका लागि दोस्रो गोल सुनिल बलले गरे । एक–एक को बराबरीमा खेल चलिरहेका बेला दोस्रो हाफमा सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।