काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संसद बैठक आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ साल पुस ४ गते शुक्रबारका दिउँसो ४ बजे संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसद बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।
