काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्र पठाएको छ ।
सेवाग्राहीसँग घूस मागेको सूचनाको प्रारम्भिक छानबिनपछि प्रमाण नष्ट हुन नदिन रिजाललाई निलम्बनको पत्र पठाइएको अख्तियारले जनाएको छ ।
प्रवक्ता प्रदीपकुमार कोइरालाले अब उक्त लेनदेनको घटनाको विस्तृत अनुसन्धान हुने जानकारी दिए ।