काडमाडौं– फोन पेको क्यूआर कोडमार्फत पोखराको पाण्डवेश्वरी मन्दिरमा दान पनि मोबाइलबाटै दिन सकिने व्यवस्था मिलाइएको छ ।
कात्तिकको अन्तिम साता उक्त मन्दिरको दान पेटीकाबाट यसको सुरुवात भएको थियो । मुक्तिनाथ विकास बैंकले उक्त मन्दिरलाई आफ्नो मर्चेन्ट बनाएको हो ।
यही मन्दिरमा ईसेवाले भेटी पनि अब अनलाइबाटै तिर्न सकिने बनाएको छ । ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले अब २० वटा मन्दिरमा अनलाइन भेटी सुरु गरिने बताए ।