काठमाडौं– बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि नेपाली कांग्रेसले डाकेको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ।
बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्म बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेका छन्। सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडानमा पौडेल छन्।